बाँके क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार दिपक शाही रास्वपामा प्रवेश




कोहलपुर । आगामी निर्वाचन फागुन २१ हुने हुन गईरहको निर्वाचनको होमिएका स्वतन्त्र उम्मेदवार दिपक शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् ।

उम्मेदवारी र्फिता लिएपछि अगैयाको एक होटलमा बसी उनले रास्वपाबाट उठेका सुुरेश कुमार चौधरीलाई सहयोग गर्ने प्रतिबद्धता सहित रास्वपामा प्रवेश गरेका हुन् ।

रास्वपाको सचिवालय उद्घाटनको क्रममा उनी समेत रास्वपामा प्रवेश गरेका हुन् ।

उनी समाजवादीका केन्द्रिय सदस्य रहेका उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिँदा उनका प्रस्तावक दिनेश कुमार न्यौपाने र राजकुमार यादव रहेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार