कोहलपुर ।
नेपाली काँग्रेस बाँकेको १४ औं अधिवेशन अन्तर्गत बिहीबार बाँके जिल्लामा निर्वाचन भएको थियो । जिल्ला समन्वय समितिको हलमा विहान ९ बजेदेखि साँझ ४ बजेसम्म मतदान भएको थियो ।

कुल १४ सय ९३ मत संख्या मध्ये १ हजार ४ सय ४५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । सभापति, दुई उप-सभापति, दुई सचिव तथा दुई सह-सचिव र कार्यसमिति सदस्य चयन गर्न आज मतदान भएको हो ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुने छन् । मतदान लगत्तै मत गणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्