नरैनापुर वडा नं ६ को दोस्रो वडा स्तरीय वडा कप फुटबल प्रतियोगिता सुरु




कृष्ण कुमार शाही, बाँके

नरैनापुर वडा नं.६ मा दोस्रो वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । नरैनापुर गाउँपालिका वडा नं. ६ गंगापुर बाँकेको सहयोगमा र दर्पण समाज विकास नेपाल नरैनापुर -५ बाँकेको आयोजनामा माघ ०५ गते सोमबार देखि सुरु भएको हो ।

दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ का प्रमुख अतिथी नरैनापुर वडा नं. ६ का वडा अध्यक्ष प्रेम चन्द्र मौर्यको प्रमुख अतिथित्व, दर्पण समाज विकास नेपाल बाँकेको अध्यक्ष सियाराम धोबीको अध्यक्षतामा प्रतियोगिता सुरु गरिएको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक गणेश राज उप्रेती विशेष अतिथी, अतिथीहरु वडा सदस्य चुनमुन नाउँ,मायावती धोबी,वडा सचिव भारत राज गोराथोकी, कार्यालय सहायक सुजीत तिवारी, जय किसान मा.वि. भोजपूरका प्र.अ. तिरथ राम मौर्य, ने.रा.मा.वि. जमुनीका प्र.अ. अम्बर लाल यादव, नेपालगंज दैनिकका पत्रकार विनय प्रकाश दिक्षित, सामाजसेवी जेष्ठ नागरिक मान बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नरैनापुर वडा नं.६ का श्री संतानेश्वर रोयल्स क्लब कोहला, मनकामना युवा क्लब कोहला, ने.रा.मा.वि. जमुनी, रामपुर युवा क्लब,  रामपुर गरी ४ वटा टीमहरु प्रतिस्पर्धामा उत्रेका छन| आजको पहिलो खेलको प्रतिस्पर्धामा ने.रा.मा.वि. जमुनीलाई र रामपुर युवा क्लबले ३-२ का विरूद १ गोलले पराजित गरी विजय हासिल गरेको थियो ।

दोस्रो खेल श्री संतानेश्वर रोयल्स क्लब कोहला र मनकामना युवा क्लब बीचको प्रतिस्पर्धामा संतानेश्वरलाई मनकामनाले १०-० ले पराजित गरीको थियो भने आजै भएको तेस्रो खेल ने.रा.मा.वि. जमुनी र श्री संतानेश्वर रोयल्स क्लब कोहलाको प्रतिस्पर्धामा संतानेश्वर रोयल्सले ५-० ले बिजयी भई फाईनल प्रवेश गरेको छ ।

 

यस्तै भोली बिहान दोस्रो दिन रामपुर युवा क्लब र मनकामना युवा क्लब बीच दोस्रो सेमी फाइनल खेल हुनेछ | प्रतियोगितामा नरैनापुर -६ का पूर्व खेलाडी चेत बहादुर रानाले स्कोरिंग गर्दै फिल्ड मार्शलको भुमुका निर्वाह गरेका थिए ।

नरैनापुरलाई खेल जगतमा अगाडी बढाउनका लागि नियमित वडा कप गराउदै आएको वडा अध्यक्ष प्रेम चन्द्र मौर्यले बताएका छन । उद्घाटन सत्रको कार्यक्रमको सहजीकरण  संयोजक अरुण यादव दर्पणले संचालन गरेका थिए । आज बहेको तीन वटा खेलमा सर्वाधिक ४ गोल मनकामनाका शिशिर गुरुङ संन्तानेस्वर्का बिरुद्ध ४ गोल गरेका कार्यक्रम संयोजक अरुण दर्पणले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार