उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी




काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने तयारी गरेको छ । मनोनयन दर्ताको समय सीमा थप गर्न प्रमुख राजनीतिक दलले आग्रह गरेपछि आयोग छलफलमा जुटेको हो।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समय सीमा थप गर्न माग गरिएको हो ।

निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।

यद्यपि निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको बताइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार