साँझ ६ बजेसम्म दुई हजार ८०९ मत खस्यो




नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सोमवार भएको निर्वाचनमा साँझ ६ बजेसम्म दुई हजार ८०९ मत खसेको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।

बिहान ८ बजे मतदान हुने भनिए पनि साढे ११ बजेपछि मात्रै मतदान शुरू भएको हो । सभापतिमा शेरबहादुर देउवा, डा। शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

राति ९ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशनमा ४७ सय ४३ मतदाता छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २७ गते सोमबार