कृष्ण कुमार शाही, सुर्खेत ।
एमफिल लिडिङ टु पीएचडी कार्यक्रमको पाठ्यक्रम प्रबोधिकरण कार्यशाला सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एजुकेशन अन्तर्गत एमफिल लिडिङ टु पीएचडी कार्यक्रमको पाठ्यक्रम प्रबोधिकरणम्बन्धी एकदिने कार्यशाला मिति २०८२ साल पौष ३ गते (डिसेम्बर १८, २०२५) का दिन MICD ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको हो ।

कार्यशाला ग्र्याजुएट स्कुल अफ एजुकेशनका डिन प्रा.डा. यमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाखर कँडेलज्यू रहेका थिए । कार्यशालाको उद्घाटन सत्रमा स्वागत मन्तव्य पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्यले गरेका हुन । विभिन्न विज्ञ तथा अतिथिहरूले पाठ्यक्रमको महत्व, गुणस्तर र कार्यान्वयन पक्षमा आफ्ना धारणा राखेका थिए । प्रमुख अतिथिले विश्वविद्यालयमा अनुसन्धानमुखी उच्च शिक्षाको सुदृढीकरणका लागि यस प्रकारका पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने वताए ।

कार्यक्रमको दोस्रो सत्र प्रस्तुति तथा छलफल (Presentation & Discussion Session) सत्रमा प्रथम सेमेस्टर अन्तर्गतका विभिन्न चार ओटा विषयहरू सम्बन्धित विषय विज्ञहरु प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. पारसमणि भण्डारी, प्रा.डा. पेशल खनाल, प्रा.डा. केशव पोख्रेल र डा. बेद प्रसाद ढकालज्युले प्रस्तुतिकरण गरेका थिए । प्रत्येक प्रस्तुतिपछि विज्ञ समीक्षकहरूद्वारा समीक्षा तथा अन्तरक्रियात्मक छलफल सम्पन्न गरिएको थियो ।
कार्यशालामा मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णु कुमार खड्काज्यू, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मी प्रसाद आचार्यज्यू र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदु प्रसाद ज्ञवालीज्यूको उपस्थिति रहेको थियो । त्यसै गरी कार्यशालामा एमाइसिडिका निर्देशक कमलेश डिसी, विषय समिति अध्यक्ष्य डा. प्रेम कुमारी ढकाल सहित प्राध्यापक तथा प्रशासनिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको समापन सत्रमा कार्यक्रमका अध्यक्ष तथा डीन प्रा.डा. यमबहादुर कार्कीले शैक्षिक गुणस्तर, अनुसन्धानको सुदृढीकरण तथा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनप्रति विश्वविद्यालयको प्रतिबद्धता व्यक्त गरे । कार्यशालाको संचालन तथा सहजीकरण उपप्रा. भिम बहादुर रोकायाले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्