Kohalpur Today Header Ads

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे परामर्शात्मक कार्यशाला




ललितपुरमा ‘समावेशी नीति तथा पहुँचसहितका कार्यान्वयनका चुनौतीहरू’ विषयक परामर्शात्मक कार्यशाला शुक्रबार सम्पन्न भएको छ। राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको सभापतित्वमा कार्यशाला सम्पन्न भएको हो।
कार्यक्रममा डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुजन स्पेसलिस्ट मनोज गोहीवारले राष्ट्रिय नीतिहरू, कानुनी संरचना तथा व्यावहारिक चुनौतीहरूबारे विस्तृत प्रस्तुतीकरण गरे।

उनको प्रस्तुतीकरणमा नेपालको समावेशी नीति संरचना, हाल लागू अवस्थामा रहेका पहुँचसम्बन्धी व्यवस्था तथा स्थानीय तहमा देखिने मुख्य व्यवहारिक कठिनाइहरू समेटिएका थिए।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

छलफलमा ६० भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो, जसमा युवाहरू विशेष सक्रिय देखिएका थिए। उनीहरूले भवन निर्माण संहिता अनुसार पहुँचको अवस्था, यातायात अनुमति, सेवा पहुँच र सार्वजनिक पूर्वाधार सुधार जस्ता विषयमा व्यवहारिक सुझाव र समस्या राखेका थिए।

प्यानलमा शहरी विकास मन्त्रालयका सह–सचिव नवराज प्याकुरेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रतिनिधि नीरादेवी अधिकारी, एआईएनका समन्वयकर्ता साकिब थिए। छलफलको मोडरेटर सरिता लामिछाने थिइन्
कार्यक्रमको समग्र प्रतिवेदन तथा निष्कर्ष राष्ट्रिय संघीय दृष्टिबाङ्ग महासंघका अध्यक्ष शिशिर खनालले प्रस्तुत गरे। उनले नीति र कार्यान्वयनबीचको खाडल घटाउन सरकारी संयोजन, बहु–पक्षीय सहकार्य र स्थानीय तहमै व्यावहारिक सुधार अपरिहार्य रहेको टिप्पणी गरे।

महासंघका अध्यक्ष आचार्यले भने, ‘नेपालमा समावेशी नीतिहरू पर्याप्त छन्, तर इमान्दार कार्यान्वयन र पहुँच सुनिश्चितता हाम्रो सामूहिक जिम्मेवारी हो। युवाहरूको आवाज, ओपीडी नेतृत्व र संरचनागत सुधारले परिवर्तन सम्भव हुन्छ।’
फेयरमेडको आयोजनामा भएको कार्यक्रम एआईएन, पीआईएन, एनएफडीएन र ह्यान्डिक्याप इन्टरनेसनल नेपालको सहकार्यमा सम्पन्न भएको हो। सहभागीहरूले यस्तो बहुपक्षीय छलफल नियमित रुपमा हुनुपर्ने, प्राविधिक सहयोग बढाउनुपर्ने र सरकारी संयोजन प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार