
विद्या चाैधरी, काठमाडौँ । नेपालमा अपांगता समावेशी विकासलाई सुदृढ बनाउन दातृ निकाय र अपांगता अधिकार संस्थाहरूबीचको विशेष बैठक ‘Building Inclusive Partnerships’ बिहिबार काठमाडौंस्थित ब्रिटिश दूतावास, लैनचौरमा सम्पन्न भएको छ।
संयुक्त रूपमा British Embassy Kathmandu, Australian Aid, NFDN, CBM Global, र Handicap International को सहकार्यमा आयोजना गरिएको थियो।
“Fostering disability inclusive societies for advancing social progress” भन्ने मूल विषयका साथ आयोजित कार्यक्रममा विकास साझेदार, कूटनीतिक प्रतिनिधि, बहुपक्षीय निकाय, र अपांगता क्षेत्रका नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा Ms, Pipa Bird , development director of British Embassy राष्ट्रिय अपांग महासंघ (NFDN) का अध्यक्षले नेपालमा अपांगता समावेशनको वर्तमान स्थिति, चुनौती, अवसर तथा सरकारी–गैरसरकारी तहमा आवश्यक सुधारका उपायहरूबारे विस्तृत प्रस्तुति दिए।

उनीले नीति तथा कानुनी संरचना बलियो भए पनि कार्यान्वयन, पहुँच, सूचनाको उपलब्धता, रोजगार–शिक्षा तथा राजनीतिक सहभागितामा गम्भीर अन्तर रहेको उल्लेख गर्दै दातृ निकायको दीर्घकालीन साझेदारी अपरिहार्य रहेको बताए।
कार्यक्रमको मुख्य आकर्षण NFDN का अध्यक्ष देविदत्त आचार्य , डा .विरेन्द्रराज पोखरेल लगायतका राष्ट्रिय अपांगता अधिकार नेतृत्वकर्ताहरू सहभागी प्यानल छलफल थियो।
प्यानलिस्टहरूले नेपालको विकास सहकार्यमा अपांगता समावेशनले पाएको स्थान, व्यवहारिक चुनौती, स्थानीय तहको वास्तविकता, तथा CRPD को धारा ३०—संस्कृति, खेलकुद, मनोरञ्जन र सामाजिक सहभागिता—लाई व्यवहारमा उतार्न आवश्यक नीति–स्तरका समायोजनबारे गहन विचार विमर्श गरे।
ब्रिटिश दूतावास, अष्ट्रेलियन दूतावास तथा विकास साझेदार संस्थाका प्रतिनिधिहरूले अपांगता समावेशी विकासमा आफूहरूको निरन्तर प्रतिबद्धता दोहोर्याउँदै, भविष्यमा संयुक्त परियोजनाहरू—जस्तै समावेशी सांस्कृतिक कार्यक्रम, पारा–स्पोर्ट्स तथा सुगम पर्यटन (Accessible Tourism)—मा सहकार्यका सम्भावना खुला रहेको बताए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्