
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जङ्गलमा मृत भेटिएका किशोर–किशोरीको पहिचान खुलेको छ ।
मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका–१० खजुरा बस्ने १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान ११ः२० बजेको समयमा जङ्गलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी र आफन्तको उपस्थितिमा दिउँसो १ः१५ बजे शवको सनाखत गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए।
उनका अनुसार, किशोरीको सनाखत उनका काका राजु चौधरीले र किशोरको सनाखत उनकी फुपू गीता खत्रीले गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्