
बाँके । बाँके जिल्ला स्तरीय एन्फा यू–१४ विद्यालय फुटबल प्रतियोगितामा कोहलपुर बागेश्वरी इ.मि. स्कुल प्रा.लि.ले उपविजेता हासिल गरेको छ ।
नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा सिद्धार्थ विद्या सदनले कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
कोहलपुर बागेश्वरीका आशिष बलमे सुरुवातको ३१औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता लिए पनि सिद्धार्थ विद्या सदनका कमल परियारले १९औं, ३९औं र लेखराज भारतीले ४१औं मिनेटमा गोल गरी ३–१ ले पराजित भई कोहलपुर बागेश्वरी उपविजेता बनेको थियो ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा गत भदौं २० गते सुरु भएको थियो । तर जेनजी आन्दोलनका कारण प्रतियोगिता बिचमै राखिएर कात्तिक महिनामा भएको हो ।

प्रतियोगितामा छात्रतर्फ सिद्धार्थका युवराज विक र छात्रातर्फ नेपालगन्ज सेन्ट जेभियर्सको करिष्मा पासीले सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले खेलकुदलाई राज्यले प्राथमिकतामा राखेर स्वस्थ नागरिक उत्पादनमा जोड दिनुपर्ने बताए । फुटबल विकासमा संघले महत्वपुर्ण कार्यक्रमहरु गरिरहेकोमा धन्यवाद दिदै आउने दिनमा फुटबलको विकासमा सहकार्य गरेर अगाडी बढने धामीले बताए ।
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बाँकेबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्न एन्फा यु–१४ फुटबल प्रतियोगिता महत्वपुर्ण सावित हुने बताए ।
‘फुटबल संघ समाजसँग जोडिएर खेलको विकासमा योजना बनाएर काम गरिरहेको छ ।’ उनले भने, ‘हामीले ग्रासरुट देखि लिएर राष्ट्रिय स्तरका प्रतियोगिता, प्रशिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’
प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउने अध्यक्ष शाहीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्