
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका शिक्षा समितिको सदस्यमा वेग प्रकाश चन्द मनोनित भएका छन् । क्रिसा बाँकेका अध्यक्ष समेत रहेको चन्द शुक्रबार कोहलपुर नगरपालिकाले शिक्षा समितिको सदस्यमा मनोनित गरेको हो ।
कोहलपुर नगरपालिका २ मा रहेको जनज्योति पब्लिक हाइस्कुलका प्रबन्ध निर्देशकको भूमिका रहेर शिक्षा क्षेत्रमा अमुल्य याेग्दान गरेका छन् ।
कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नगर शिक्षामा मनोनित पश्चात चन्दलाई मनोनित पत्र हस्तान्तरण गरेका थिए ।
निजी विद्यालय प्याब्सन र एन प्याब्सनको प्रतिनिधिका रुपमा कोहलपुर नगरपालिकाले सदस्यमा मनोनित गरेको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्