Kohalpur Today Header Ads

६५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-८ पिपरीमा ६५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण गरेको छ । जुनियर खेलाडीहरुलाई ग्रेडिङ्गका अनुसार प्रमाण पत्रहरु उपलब्ध गराइएको हो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष लाल बहादुर राना र जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले संयुक्त रुपमा जुनियर खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

पहेलोेतर्फ ३० जना, ग्रिनतर्फ २०, निलोतर्फ १०, रातोतर्फ ४ र कालो तर्फ १ जना गरी ६५ जनालाई प्रमाण पत्र वितरण गरिएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने बताए ।

कार्यक्रममा जेसीजका उपाध्यक्ष दिपेन्द्र कठायत, कोब्रा तेक्वान्दोका अध्यक्ष भिमबहादुर नेपाली, वडा सदस्य, अभिभावक, खेलप्रेमी उपस्थित रहेको थियो भने कार्यक्रम विज्ञान नेपालीले सञ्चालन गरेका थिए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिबार