बाँकेको कोहलपुरस्थित कौशिल्या अस्पताल प्रालिले आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ ।
अस्पतालले आफ्नो सामाजिक दायित्व अन्तर्गत् विगत तीन वर्षदेखि विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको अस्पतालका प्रशासकिय प्रमुख शंकर न्यौपानेले जानकारी दिनुभयो ।
‘विपन्न तथा गरीव समुदायका बालबालिकाहरु शिक्षाको न्यानो ज्योतिबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ न्यौपानेले भन्नुभयो–‘पछिल्लो समय ८ जना बालबालिकालाई सहयोग गर्दै आएका छौं ।’
कोरोना महामारीका कारण विगत दुई वर्ष विद्यालय बन्द जस्तै भए । पठनपाठन नै नभएपछि सहयोग वितरणमा समस्या भयो । तर उनीहरुलाई शैक्षिक सामाग्री सहयोग नगरिएपनि उनीहरुका अभिभावकलाई त्यो समय खाद्यान्न (चामल, दाल, नुन र तेल) भने उपलब्ध गराइएको उहाँको भनाइ छ ।
कोरोनाका कारण शैक्षिक सामाग्री वितरणमा समस्या भएपनि अव तत्काल फेरि उनीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्ने तयारीमा आफुहरु रहेको उहाँले जानकारी दिनुभयो ।
राप्तीसोनारी गाउँपालिका–२ स्थित दुर्गा भवानी माविमा अध्ययनरत सोनी यादव, सानु यादव र अमृता दमाई, कोहलपुर नगरपालिका–१२ मा रहेको नेरा प्राविका विपिन लुहार, कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित ज्ञानज्योति माविकी पुष्पा विसी, यस्तै बैजनाथ गाउँपालिकास्थित जनता आर्दश माविमा अध्ययनरत विवेक कुमार बुढा र राजेश थारु र नेरा माविमा अध्ययनरत आशा परियारलाई एक वर्षभरी पुग्ने शैक्षिक सामाग्री सहयोग गर्दै आएको अस्पतालले जनाएको छ । ती बालबालिका कक्षा १ देखि पाँच कक्षामा अध्ययनरत छन् ।
उनीहरुलाई वर्ष–वर्षमा पाँच हजार मूल्य बराबरको शैक्षिक सामाग्री उपलब्ध गराउने गरिएको अस्पतालले जनाएको छ । स्थानीय सरकारले विपन्न तथा गरीव बालबालिकाको पहिचानगरी उनीहरुको सिफारिसको आधारमा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अस्पतालले सहयोग गर्ने गरेको अस्पताल प्रमुख राम न्यौपानेले जानकारी दिनुभयो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्