रावन विश्वकर्मा, बर्दिया ।
पाँचौ बाँसगढी औद्योगिक कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया महोत्सवको तयारी पुरा भएको छ । महोत्सवको सबै तयारी पुरा भएको र सोमबार १६ गते बिभिन्न झाँकि सहित भव्य उद्घाटन गरिने आयोजकले जनाएको छ । बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाको मुख्य आयोजनामा सुरु हुने महोत्सवको बर्दिया क्षेत्र नंम्बर १ का संघिय सांसद संजय कुमार गौतम द्धारा बिधिवत उद्घाटन गर्ने कार्यक्रम रहेकोे महोत्सव मुल समिति संयोजक तथा बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंङ थारुले जानकारी दिनुभयो ।
“कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने मुल नारा सहित सुरु महोत्सव फागुन १६ गते फागुन २६ गते सम्म चल्ने छ । महोत्सवमा १ सय बढी स्टलहरु रहने र मेला प्रवेशका लागि साधारण रु ८० रुपैयाँ र सहुलियत वा विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । मेलामा बदियामा रहेका विभिन्न पर्यटकिय क्षेत्रहरुको प्रर्दशनीका साथै नेपालका १०० औँ पर्यटकिय गन्तव्यको सुचीमा रहेको ऊँ केदारेश्वर धामको प्रचार प्रसार गर्ने र थारु क्ला संस्कृतिको विकास र प्रर्वद्धनका लागि छुटै थारु गाँउ समेत रहेन प्रचार प्रसार उपसमिति संयोजक एकनाराण अधिकारीले जानकारी दिनुभयो ।
दजनौ चर्चित ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने मेलाको १ लख बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवबाट संकलित रकमले संघको बहुआयामिक भवन निर्माण पुरा गरिने छ । महोत्सव भव्य उद्घाटनका लागि सोमबार बिहान १२ बजे बिभिन्न राजनैतिक दलहरु, सरकारी तथा गैरसकारी संघ संस्थाहरु र आम सञ्चारकर्मीहरुलाई उपस्थितका लागि अनुरोध समेत गरिएको छ ।
काेहलपुर टुडे । १५ फाल्गुन २०७८, आईतवार १९:३५