कोहलपुरलाई ४ वर्षदेखि निरन्तर राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले निरन्तर चौथो पटकसम्म १६ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि लिन सफल भएको छ ।

विगत ४ वर्षदेखि कोहलपुर नगरपालिकाले उपाधि लिँदै आएको यस वर्ष पनि १८ स्वर्ण सहित प्रथम हुन सफल भएको छ । जसमा १८ स्वर्ण, १० रजत र १४ कास्य प्राप्त गरी प्रथम हुन सफल भएको हो । कोहलपुरले यस अघि ह्याट्रिक समेत गरिसकेको थियो भने जसलाई निरन्तर लिइरहेको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो अस्थित्व बचाउन सफल भएको भन्दै खेलाडी, प्रशिक्षक, कोहलपुर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी सबैमा हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।

‘पालिकाले गरेको लगानीको प्रतिफल खेलाडिले फिल्डमा देखाएका छन्’ उनले भने, ‘जसले थप उर्जा मिलेको छ ।’ कोहलपुरलाई खेलकुद ग्रामका रुपमा विकसित गर्ने संकल्प लिएको नगर प्रमुख आचार्यले बताए ।

खेलकुदले सामाजिक विकृति, कुसंस्कृति र कुलत जस्ता असामाजिक गतिविधिहरुमा न्यूनिकरण गर्न खेलकुदले समेत सघाउन पु¥याउने उनको भनाई थियो ।

प्रकाशित मिति : २०८२ जेठ २२ गते बुधबार