गर्‍यो ज्ञानोदय पुस्तकालयले बालसुधार गृह नौबस्ता लाई पुस्तक हस्तान्तरण साथै नौबस्ता कारागारसंग पुस्तक आदानप्रदानको सम्झौता पनि




कृष्ण कुमार शाही, कोहलपुर ।
कोहलपुरमा अवस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले एक कार्यक्रमका विच २५०० बढी पुस्तक हस्तान्तरण गरेको छ । नौबस्ता बालसुधार गृहका कार्यालय प्रमुख श्याब बहादुर राना लाई आज पुस्तकालय हस्तान्तरण गरेको हो । पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथी प्रकाश बहादुर शाहीले पुस्तकालयले गरेको कामको प्रशंसा गरे । उनले बालसुधार गृहमा रहेका बालबालिकाहरुले विभिन्न विधाका पुस्तकहरु अध्ययन गरि आफ्नो जिवनमा प्राप्त गर्ने ज्ञान र अध्ययनपछि भोलि समाजमा आफुलाई परिवर्तन गराउन, घुलमिल हुन र समाजमा स्थापित हुन सजिलो हुने वताए । पछिल्लो समयको हिउँदे अधिवेशनमा नौवस्ता कारागार, बालसुधार गृह, चिसापानी इलाका प्रहरी, बानियाभार बिट लगायतमा बजेट बिनियोजन गरेको जानकारी दिए । उनले नौबस्ता क्षेत्रीय कारागार बैजनाथ गाउँपालिकाको गहन भएको वताए ।


कार्यक्रममा बोल्दै नौबस्ता कारागार कार्यालय प्रमुख कांशी प्रसाद पंगेनीले पुस्तकालयले गरेको कामप्रती धन्यवाद मात्र होइन प्रशंसनीय कार्य गरेको वताए । नौवस्ता कारागारमा ३००० कैदी राख्ने गरि ६ वटा ब्लक निर्माण गर्ने योजना भएको र हाल १५०० जना अटाएको वताए । जेलरहरु दिनभरी खाली बस्नुपर्ने बाध्यता रहेकोले पुस्तक हस्तान्तरण पछि पुस्तकहरुको अध्ययन गर्दा उनिहरु भोलिको गाउँसमाजसंग सजिलै समायोजन हुन सहयोग गर्ने वताए । विभिन्न संघसंस्थाको सहयोग हुनुपर्नेमा जोड दिदै ओशो ध्यान केन्द्र, पतन्जली योग लगायत कुनै पनि संस्थाले बालसुधार गृह र कारागार दुबै लाई सहयोग हुने कार्यक्रम गर्ने र जेलर जेलबाट छुटेपछि समाजमा राम्रो काम गर्ने प्रोत्साहन गर्नुपर्ने वताए ।


बालसुधार गृहका कार्यलय प्रमुख श्याम बहादुर रानाले हस्तान्तरण गरेको पुस्तक ग्रहण गर्दै पुस्तकालय परिवार लाई विशेष धन्यवाद व्यक्त गरे । उनले बालसुधार गृहमा रहेका बालबालिकाहरुको लागि छुट्टै पुस्तकालय निर्माण गरि पुस्तकालयमा एकजना कर्मचारी समेत रहने व्यवस्था गर्ने वताए । पुस्तकबाट प्राप्त ज्ञानले बालसुधार गृहमा रहेका बालबालिकाहरु अध्ययनशिल हुने, भोलिको समाजमा स्थापित हुने, नैतिक मूल्य र मान्यता एवम् संस्कार र संस्कृतिमा रहि काम गर्न सक्ने वातावरण तयाए हुने जानकारी दिए ।


पुस्तक संकलन कर्ता कपिल अन्जान भरत पनेरु एवम् पुस्तकदाताहरु महानन्द ढकाल, भरत रामाभाट, शिवलाल पान्डे, टि.एस ठकुरी, लोकेन्द्र (आकाश), प्रदिप थापा, गंगाधर पनेरु, सि एम उपाध्याय, विरेन्द्र जैसि, नरेन्द्र थापा, प्रतिक गैरे, केशवराज रिजाल, हरि पारेखेल, विष्णु कडेल, दुर्गा कुमारी खड्का, उत्त्म ढकाल, यज्ञराज रेग्मी, दिपक अर्याल साहस लगायतले पुस्तक सहयोग गरेका थिए ।


कार्यक्रम बोल्दै पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तक संकलन कर्ता, पुस्तकदाता लगायत सम्पूर्ण सरोकारवाला निकाय लाई धन्यवाद व्यक्त गरे । उनले बाल सुधार गृह र नौबस्ता कारागार देशकै नमूना बनाउनु पर्ने विचार व्यक्त गरे ।
उक्त कार्यक्रममा ओशो आनन्द ध्यान केन्द्र कोहलपुरका पदाधिकारी, पतन्जली योग समितिका प्रदेश महासचिव, कोहलपुर नगरप्रहरी, पुस्तकालयका पदाधिकारी, पुस्तकालयका कर्मचारी एवम् सन्चारकर्मीहरुको उपस्थित रहेको थियो । पुस्तकालयका सचिव एकराज शर्माले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यसैविच नौवस्ता कारागारका कार्यालय प्रमुख कांशी प्रसाद पंगेनी र पुस्तकालयका अध्यक्ष विच पुस्तक आदानप्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आजै एक कार्यक्रमका विच नौबस्ता कारागार कार्यलाई प्रमुखको कार्यकक्षमा सम्झौता गरिएको हो । सम्झौता पत्र पढ्दै पुस्तकालयका सचिव एकराज शर्माले पुस्तकालय र कारागारमा रहेको कैदिबन्दीलाई विभिन्न विधाका पुस्तक आदानप्रदान गरि पढ्ने वातावरणमाको सिर्जना गर्न सम्झौता पत्र पढेर सुनाएका थिए ।
सम्झौता पत्रमा के छ ? 

!

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार