सुदाम शर्मा, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयमा अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयले अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस वुधवार वीरेन्द्रनगर सुर्खेतमा विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको हो । ग्र्याजुएट स्कुल अफ एजुकेसन अन्तर्गत विशेष आवश्यकता शिक्षा केन्द्रीय विभागको आयोजनामा सो दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. बिष्णुकुमार खड्काले विश्वविद्यालयमा स्नातक तहको विशेष आवश्यकता शिक्षा कार्यक्रम थालनी गर्दाको संघर्ष र सहकार्यका क्षण स्मरण गर्दै यसको विकास र निरन्तरताको लागि सबै कटिबद्ध हुनुपर्ने वताए ।

डा. खड्काले सवैको लागि शिक्षा नाराले मात्र शिक्षाको मूलभूत लक्ष्य प्राप्त नहुने दावी गर्दै त्यसको लागि पहुँचयोग्य अपांगतामैत्री भौतिक संरचना, पाठ्यक्रम, पाठ्यसामग्री, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन प्रणाली लगायत सिङ्गो शिक्षा प्रणाली नै विद्यालयदेखि विश्वविद्यालय तहसम्म सबैखाले विद्यार्थीहरूलाई स्वागत गर्न सकिने गरी निर्माण गर्न आवश्यक रहेको बताए l
कार्यक्रममा शारीरिक रुपमा अशक्त भएर पनि मानसिक रुपमा सशक्त प्रेरणादायी व्यक्तित्व त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख उपप्राध्यापक राजनकुमार कँडेलले अपांगता जीवनको जुनसुकै बेला पनि हुन सक्ने भएकोले अपांगता भएका व्यक्तिहरूलाई उपयुक्त अवसर सँगै माया, सम्मान र उत्प्रेरणा प्रदान गर्न सके उनीहरूले पनि साङ्ग सरह काम गर्न सक्ने बताए l

कार्यक्रममा सुर्खेत स्थित संस्कृत तथा साधारण मावि इत्रामका शिक्षक तारा ढकालले दृष्टिविहिनहरूले प्रयोग गर्ने सेतो छडीको प्रयोग गर्ने तरिका र ब्रेल सेटको बारेमा जानकारी दिए । आयोजक विभागका विभागीय प्रमुख प्रतिभा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष आवश्यकता शिक्षा विषय अध्यापन गर्दै आएका राजु आचार्यको संयोजन एवम् मार्गदर्शनमा उक्त विषय अध्ययन गर्ने विद्यार्थीहरूद्वारा ह्वीलचेयर, ब्रेल सेट, हियरिंग एड आदिको प्रयोग सम्बन्धी प्रयोगात्मक क्रियाकलाप प्रदर्शन गरिएको थियो ।

विभिन्न विषयका विभागीय प्रमुखहरू सहित प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त एक दिवसीय कार्यक्रमले समाजसँगै विश्वविद्यालयमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी शिक्षा प्रवर्द्धन, पहुँचयोग्य वातावरण र क्षमता विकासका विषयमा गहन छलफल तथा अभिव्यक्तिको अवसर प्रदान गरेको सहभागीहरुको बुझाई छ ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न चेतनामूलक प्रस्तुति, अनुभव–साझेदारी, समावेशी शिक्षाका व्यवहारिक पक्षहरू र अपाङ्गता भएका व्यक्तिहरूको हकहित सम्बद्ध विषयमा अन्तरसंवाद गरेका थिए । विभिन्न विषयका विभागीय प्रमुखहरू सहित प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको उक्त एक दिवसीय कार्यक्रमले समाजसँगै विश्वविद्यालयमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशी शिक्षा प्रवर्द्धन, पहुँचयोग्य वातावरण र क्षमता विकासका विषयमा गहन छलफल तथा अभिव्यक्तिको अवसर प्रदान गरेको सहभागीहरुको बुझाई छ ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न चेतनामूलक प्रस्तुति, अनुभव–साझेदारी, समावेशी शिक्षाका व्यवहारिक पक्षहरू र अपाङ्गता भएका व्यक्तिहरूको हकहित सम्बद्ध विषयमा अन्तरसंवाद गरेका थिए । प्रमुख अतिथि डा. खड्काले सहायक डीन हुँदा विश्वविद्यालयमा विशेष आवश्यकता सिक्षा कार्यक्रम लागू गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रमका अध्यक्ष एवम् विभागीय प्रमुख प्रतिभा खड्काले उहाँको मुक्तकण्ठले प्रशंसा गरिन ।
हाल पाँचौं सेमेष्टरमा आइपुग्दा विशेष आवश्यकता शिक्षा पढ्ने विद्यार्थी संख्या एक सय पुगिसकेको जानकारी विश्वविद्यालयका प्रशासन अधिकृत शेर बहादुर केसिले कोहलपुर टुडेलाई जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्