६८ अर्व ६१ करोड बढिको सामाजिक सुरक्षा भत्ता वितरण, ३४ लाख बढि लाभग्राही

कोहलपुर ।

नेपालमा सामाजिक सुरक्षा भत्ता आ.व. २०७७/०७८६८ अर्व ६१ करोड बढि रकम वितरण गरेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सार्वजनिक गरेको छ ।

विहिबार कोहलपुर नगरपालिकामा ‘सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारीतामा सरकार र नागरिकको भूमिका’ भन्ने मुल नाराका साथ जिल्ला स्तरीय सार्वजनिक सुनाई कार्यक्रम गरेको थियो । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले सो तथ्थांक सार्वजनिक गरेका थिए ।

सो तथ्थांक अनुसार नेपालमा आ.व. २०७७/०७८ मा सामाजिक सुरक्षा भत्ता ६८ अर्व ६१ करोड २९ लाख १४ हजार १२ रकम वितरण गरेको तथ्थांक सार्वजनिक गरेको छ । नेपालका ७७ वटा जिल्लाका ३४ लाख ५५ हजार ४ सय ४६ जना लाभ लिएका छन् ।

जस अनुसार प्रदेश नं. १ मा ४ लाख ६९ हजार २ सय ४२ जना, प्रदेश नं. २ मा ८ लाख ९९ हजार १ सय ३५ जना, वागमती प्रदेशमा ४ लाख ६१ हजार ३ सय ७२ जना, गण्डकी प्रदेशमा ३ लाख २६ हजार ४ सय १८ जना, लुम्बिनी प्रदेशमा ५ लाख ३२ हजार ५ सय ४७ जना, कर्णाली प्रदेशमा ३ लाख ३२ हजार ७ सय ४३ जना र सुदुरपश्चिम प्रदेशमा ४ लाख ३३ हजार ९ सय ८९ जनालाई भत्ता वितरण गरेको छ ।