Kohalpur Today Header Ads

कोहलपुर महोत्सवमा आज को-को आउँदैछन कलाकार ?




कोहलपुर । कोहलपुर–११ स्थित खुल्ला मैदानमा जारी कोहलपुर महोत्सवको पाँचौं दिन शनिबार हजारौं दर्शक उपस्थित भएका छन् । पुस ९ गतेदेखि जारी महोत्सव सुरु भएको पाँचौ दिनमा दर्शकहरुको उल्लेख्य सहभागिता भएको हो ।

महोत्सव सुरु भएदेखि पहिलो शनिबारसमेत परेका कारण दर्शकहरुको संख्या अपेक्षा गरिएको भन्दापनि बढि आएको आयोजकले जनाएको छ ।

दर्शकको बाक्लो उपस्थिति हुँदा व्यवस्थापन गर्नै हम्मेहम्मे भएको थियो । अत्यधिक भीडका कारण युवाहरुको समूहबीच झडपको समेत स्थिति सिर्जना भएको थियो । त्यतिसम्म की केही समय त टिकटसमेत होल्ड गर्नुपर्ने स्थिति सिर्जना भयो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मुख्य प्रवेश गेटबाट दर्शकहरुको भीडभाड थाम्न नसकेपछि डिभिजन वन कार्यालय कोहलपुरको गेटलाई बाहिरने गेटको रुपमा प्रयोग गरिएको थियोे । दर्शकहरुको उल्लेख्य सहभागिता भएको महोत्सवमा कलाकारहरुले आफ्ना प्रस्तुति दिएका थिए । शनिबारपनि राष्ट्रियस्तर र स्थानीय कलाकारहरुको महोत्सव नै तंरगित भयो ।

शनिबारको मुख्य आर्षकणको केन्द्र थिइन्, चर्चित गायिका मिलन नेवार । उनले आफ्ना चर्चित गीतहरु गाइन् । ती गीतमार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् ।

यस्तै लोक तथा दोहोरी गायक कृष्ण रेउलेपनि विभिन्न गितहरु प्रस्तुत गरि माहोल तताएका थिए । मोडेल आरुषी मगर,रितु शाहीको पनि प्रस्तुति रहेको थियो । पछिल्लो समय निकै लोकप्रिय गायिकाका रुपमा स्थापित विपना सिंहलेपनि देउडा गीतहरु प्रस्तुत गरेकी थिइन् । मोडेल माया परियार,सानू चौधरी र डान्सर निरुता कार्कीको प्रस्तुति रहेको थियो ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ भव्य रुपमा सञ्चालन भइरहेको छ ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।

महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् ।

साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आज आउने कलाकारहरू

१४ गतेका मुख्य आकर्षक महोत्सवमा आइतबार पछिल्लो समयकी निकै व्यस्त गायिका शान्ति श्री परियारको प्रस्तुति रहनेछ । उनी देशभर चलिरहेका मेला महोत्सवमा सबैभन्दा धेरै माग भइरहेकी गायिका हुन् ।

यस्तै गायक टंक तिमिल्सिना,भागिरथ चलाउनेपनि आइतबारको मुख्य आकर्षणका रुपमा रहेका छन् । कोहलपुरकी चेली डान्सर करिश्मा शाहीको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसैगरी डान्सर मीना पुनमगर र सानुचौधरीसमेत महोत्सवमा आउनेछिन् । यस्तै स्थानीय कर्णाली कला केन्द्रका कलाकारहरुको नियमित प्रस्तुति रहनेछ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १४ गते आइतबार