Kohalpur Today Header Ads

कोहलपुर महोत्सव सुरुको दोस्रो दिन, गायक राना र ‘हाउडे माया’ले तताए कोहलपुर महोत्सव




कोहलपुर । कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ मा कलाकारहरुको प्रस्तुति सुरु भएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजनामा सुरु भएको (एस्पो–२०८१)मा दोस्रो दिन विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दोस्रो दिन लोक तथा दोहोरी गायक श्याम रानामगर,सिर्जना खत्री (हाउडे माया),राज कुश्मी,रेश्मा पुन,प्रेम विवश घर्तीमगरसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले महोत्सवको माहोल तताएका थिए । महोत्सवमा गायक रानाले आफ्ना उत्कृष्ट गीतहरु गाएका थिए । उनको प्रस्तुतिमा दर्शकहरु निकै झुमेका थिए ।

गायनका साथै हास्यव्यंग्यमा समेत खुबी भएका गायक राना मगरलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले साथ दिए । उनको प्रस्तुतिमा दर्शकहरुले नाचेरै साथ दिएका हुन् । ‘बसे है पाले दाई,बज्यो साढे नौ, हाइ मेरो मायालु’लगायतका गीत गाएका उनले निकै मनोरञ्जनसमेत प्रदान गरेका थिए । रानाले स्टेजबाट ओर्लर दर्शकहरुसँग साक्षतकारसमेत गरेका हुन् ।

उक्त अवसरमा दर्शकहरुले रानालाई दोसल्ला ओढाएर सम्मानसमेत गरे । उनले पनि आफ्नो प्रस्तुतिमा रमाएका दर्शकहरुको माग अनुसार दर्शक भएको ठाउँमा गएर हात मिलाए । उनको प्रस्तुतिमा मख्ख भएका आयोजकले रानाले गीत गाउँदा गाउँदै शिरमा रुपैयाँ पहिराइदिएका थिए ।


गायक रानापछि साँझपख कोहलपुर महोत्सवलाई झन मनोरञ्जन प्रदान गरिन्, युवा माझ निकै लोकप्रिय सिर्जना खत्री (हाउडे माया)ले । उनले पनि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् ।

उनले आफ्ना चर्चित गीतहरु मेरो एक्सको छम्मा,शिकारी नारी, नौटंकी माया,डबल माया लगायतका गीत सुनाएकी थिइन् । यस्तै गायिक रेश्मा राना,गायक राज कुश्मी लगायतले आफ्ना प्रस्तुति दिएका थिए ।

आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् ।

स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् । महोत्सवका मुख्य आकर्षकका रुपमा राजस्थानबाट ल्याइएका दुईवटा उँट, दुई वटा हात्ती र रसियन कलाकारहरु रहेका छन् ।

यस्तै,महोत्सवमा बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,हात्ती सफारी,उँट प्रर्दशनी,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् ।

साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

भोली आउने कलाकारहरु

श्री भावना एम्युजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरेको महोत्वसमा बिहीबारपनि थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांंस्कृतिक संयोजक इन्द्रबहादुर गुरुङले बताए । उनका अनुसार पछिल्लो निकै चर्चामा रहेको गीत म त ढलढले गीतकी गायिका शान्ता रानी परियार,कृश क्षेत्री, कमल विसी माल्दाई,थारु गायक श्याम भगौरियाको प्रस्तुति रहनेछ ।

स्थानीय कर्णाली कला केन्द्र र मनकामना कला केन्द्रको सांगितिक प्रस्तुति रहेको छ । महोत्सवमा ६७ जना भन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने कला सांस्कृतिक समितिका संयोजक ईन्द्रबहादुर गुरुङले जानकारी दिए । महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार