राप्तीसोनारीमा २७ औं जनयुद्ध दिवस भब्य रुपमा मनायो (फोटो फिचर)

२७ औं जनयुद्ध दिवस राप्ती सोनारीले भब्य रुपमा मनाएको छ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननिय महेश्वर गहतराज अथक प्रमुख अतिथि रहेको कार्यक्रममा बृहत रक्तदान संगै सहित तथा वेपत्ता परिवारका आफन्तलाई सम्मान समेत गरिएको छ ।

नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिम बहादुर घर्तीको सभापतित्वमा कार्यक्रम भएको थियो । राप्ती सोनारी ६ सहिद स्मृति भवनमा भएको कार्यक्रममा १ न. वडा देखि ९ वडा सम्मका गरी ७० जना सहित तथा वेपत्ता परिवारका आफन्तहरुलाई सम्मान गरिएको थियो ।

परिवर्तनका लागी दश बर्षिय लामो सशस्त्र द्धण्द्ध तथा जन आन्दोलनमा सहित तथा वेपत्ता भएका आफन्तलाई सम्मान गर्दै प्रमुख अतिथि मन्त्री अथक भावुक बनेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री अथकले आमुल परिवर्तनका लागी सहिद तथा वेपत्ता पारिएका योद्धाहरुको समपना साकार पारेरै छाड्ने बताएका छन् ।

कार्यक्रममा विभिन्न जात जातीको कला संस्कृति झल्कने झाँकी नाच समेत प्रस्तुत गरिएको थियो । युवा नेता चन्द्र प्रकाश शर्मा (अंकित ) को नेतृत्वमा जन भाव झल्कने द्धण्द्ध कालको गीत समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा माननीयका स्वकीय सचिव माओवादीका प्रदेश कमीटि सदस्य नरेन्द्र पाण्डे –जेम्स) प्रदेश सदस्य अमर खड्का लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य पार्टीका गापा उपाध्यक्ष तथा वडा न. ६ का वडा अध्यक्ष जनक बहादुर थारुले गरेका थिए ।