सर्वोच्चबाट बाहिरिए जबरा




प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । पत्र बुझेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।

जबरालाई विदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म आएका थिए । जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।
प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।

जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार