काेहलपुर ।
सल्यानको फोटोग्राफी क्षेत्रमा पहिलो पटक फोटो प्रदर्शनी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको आयोजनामा जिल्लाको सदरमुकाम खलंगा स्थित डाँडागाउँ बाल मन्दिर परिसरमा शनिवार एक दिने फोटो प्रदर्शनी गरिएको हो ।

‘सक्षम फोटो पत्रकार, गुणस्तरीय फोटो ‘फोटो प्रदर्शनी र फोटो सुरक्षा’ भन्ने नाराका साथ आयोजना गरिएको फोटो प्रदर्शनीमा डेढ दर्जनबढी फोटो पत्रकारले खिचेका ७५ वटा बढी फोटो प्रदर्शनी गरिएको छ ।

फोटो प्रदर्शनीमा जिल्लाको प्रमुख पर्यटकिय क्षेत्र कुपिण्डे ताल, खैरावाङ मन्दिर, छायाँक्षेत्र मन्दिर, कुमाख लेख, सुन्तला, अदुवा, आलु लगाएत जिल्लामा भएका धार्मिक तथा पर्यटकिय क्षेत्र, जिल्लाको कृषि तथा पशुपंक्षि, जैविक विविधता, विकास निर्माण, कलासंस्कृति लगाएतका बिभिन्न क्षेत्रलाई समेटेर फोटो प्रर्दशनी गरिएको छ ।

फोटो प्रदर्शनीमा सल्यान जिल्लाका दश वटै स्थानिय तहका बिभिन्न क्षेत्रहरुमा पुगेर फोटोग्राफरहरुले संकलन गरिएका फोटोहरु प्रदर्शन गरिएको छ ।










कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्