कोहलपुर ।
बाँकेको कोहलपुरमा नेकपा (बहुमत) ले मसाल जुलुस निकालेको छ । विहिबार करिब साँझ ८ बजेति कोहलपुरको पिपलचौतारादेखि साँझा चोकमा आएर काेण सभामा परिणत भएकाे थियाे ।
तत्कालिन सरकार भ्रष्टाचार र विभिन्न काण्डैकाण्डका कारणले अड्कीएको र सरकारले गरेका कदमप्रतिको विरोधमा कोहलपुरमा मसाल जुलुस निकालेका थिए ।
नेकपा (बहुमत) बाँकेका संयोजक कृष्ण भन्छन्, ‘यो सरकाले बहुमतका कार्यकर्ता माथि हस्तक्षेप गरेको त्यसको प्रतिकार गछौं, कोहलपुर टुडेसंग कुराकानी गर्दै उनले भने, ‘अन्य ठाँउमा प्रशासनले दमन गरेको छ भने कोहलपुरमा समेत धरपकड गरेको छ ।’
यो सरकार नै मन्त्रीको कुर्सीदेखि मन्त्रालयसम्म बेच्ने र गिरिबन्दु लगायत विभिन्न काण्डहरुले भरिएको बेलुन जस्तो छ त्यसको हिसाब जनताले अवश्य गर्नेछन् त्यसको नेतृत्व बहुमत पार्टीले गर्ने कृष्णले बताए ।
कोहलपुरमा मसाल जुलुसमा करिब तीन दर्जनभन्दा बढिको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्