नेपालगञ्ज ।
नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक सम्पन्न भएको छ । नेपालगञ्जमा दुई दिनसम्म चलेको बैठक आज सकिएको हो ।
बैठकमा यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका हुन। पहिलो दिन ५१ र दोस्रो दिन १९ जना गरी ७० जना प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले सुझाव दिएका थिए ।
नेताहरुले पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको कार्यदिशा सही भएको उल्लेख गर्दै यसलाई थप परिस्कृति गर्दै ठोस कार्ययोजना अघि बढाउन सुझाव दिएका थिए ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले प्रदेश परामर्श बैठक गरिरहेको छ ।
अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ भने भोलिदेखि पार्टीका आयोगमा रहेका केन्द्रीय नेताहरुसँग परामर्श लिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।
प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्य क्रमिक रूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ ।
काेहलपुर टुडे । १७ भाद्र २०८१, सोमबार २२:०३