कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका नगर अस्पतालबाटै बिमा कार्यक्रम सुरु हुने भएको छ । “तपाईको स्वास्थ्य, हाम्रो अठोट“ भन्ने मूल नाराका साथ सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम भदौ १ गतेबाट सुरु हुन लागेको हो ।
कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम रहेको बताए । स्वास्थ्य बीमा बोर्ड बाँके र कोहलपुर नगर अस्पताल बीच यस नगर अस्पतालबाट स्वास्थ्य बीमा गराएका बिमितहरुलाई स्वास्थ्य सेवा भदौ १ गते देखि सेवा सुरु हुने नगर प्रमुख आचार्यले बताए ।
हाम्रो नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, बिमितहरुको गुनासोलाई ध्यानमा राख्दै, बनकटवा लगायत अन्य अस्पतालमा रेफरको लागि जानुपर्ने बाध्यताको अन्त्य हुने कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले बताए ।
स्थानीय तह स्वास्थ्य बीमा संयोजन समितिका पदाधिकारीहरु, नगरपालिकाका कर्माचारिहरुको उपस्थितिमा कोहलपुर नगरपालिकाको तर्फबाट कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य र स्वास्थ्य बीमा बोर्ड, बाँकेका जिल्ला संयोजक रमेश आचार्य बिच सम्झौता पत्रमा हस्ताक्षर गरि बिमा कार्यक्रमको सम्झौता भएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्