काठमाडौं ।
थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीका अनुसार थाई एयर एसियालाई नेपालमा कुल सात उडान अनुमति दिइएको छ । जसमध्ये तीन उडान काठमाडौं र चार उडान भैरहवाबाट गर्ने गरी अनुमति दिइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भिड हुँदा वायुसेवा कम्पनीलाई प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलमा उडानका लागि प्राथमिकता दिइरहेको उनले बताए ।
भैरहवा विमानस्थलमा यसअघि जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान थाले पनि निरन्तरता भने दिन सकेका छैनन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्