स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा शनिबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो। बेलबहादुर चालक र भेषबहादुर यात्रु रहेको खुलेको छ ।
उनीहरू सवार ग १ ज.५९३९ नं. जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएका उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्