काेहलपुर ।
अत्यधिक गर्मी बढेपछि बाँकेको नेपालगञ्जमा विद्यालयहरु बन्द गरिएको छ । अत्याधिक गर्मी बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार भोलिदेखि यहि ३१ गते मंगलबारसम्म विद्यालय बन्द गरेको हो ।
गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पाँच दिन विद्यालय बन्द गर्नु परेको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले सूचना निकालेर जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्