विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश




काठमाडौँ ।

विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९र८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराएकी थिइन् ।

सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा वैठक सम्पन्न भएको जानकारी दिइन् । त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभा समक्ष पेश गरेकी थिइन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार