बाँसगढीमा बस दुर्घटना

काेहलपुर ।

बर्दियाको बासगढी नगरपालिका–३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस आज बिहान सवा ३ बजे अनियन्त्रित भएर सडकदेखि अन्दाजी १५ मिटर तल पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये कालीकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका–७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था भने गम्भिर रहेको छ । दुवै जनालाई उपचारका लागि कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ ।

सामान्य घाइते भएका अन्य ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पताल पठाइएको छ । बस चालकलाई भने इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।