नेकपा माओवादी केन्द्रद्वारा बारबर्दियामा महत्वपूर्ण ३ निर्णय




कोहलपुर ।

बर्दियाको बारबर्दियामा नेकपा माओवादी केन्द्रले महत्वपूर्ण निर्णय गरेको छ ।

आज बसेको नगर भेलाले सो निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका बारबर्दिया नगर अध्यक्ष दशरथ अबलपथ थारु सुदिपले एक वडा एक सहकारी, एक एक सहकारी एक उत्पादक, प्रत्येक वडामा राजनैतिक वैचारिक प्रशिक्षण सञ्चालन गर्ने र टोल कमिटि र सेल कमिटिहरुको विस्तार गर्ने ३ वटा महत्वपूर्ण निर्णय गरेको बताएका छन् ।

यस्तै नगर सदस्य अविरल विश्वकर्मा माओवादी केन्द्रले विकास र परिवर्तनका निम्ती बलिदानी सहित पाएको गाउँगाउँमा सिंहदरबारको नारा पुरा भएको र यि ३ महत्वपूर्ण निर्णय पनि गरेका छौं कोहलपुर टुडेसंग कुराकानी गर्दै भने हामीले जनताका अपेक्षा र चाहनाहरुलाई पुरा गरेको उहाँको भनाई थियो ।

यस्तै भेलामा नगर बरिष्ठ उपाध्यक्ष पतिराम थारु बहाक, बारबर्दिया ७ का इन्चार्ज इन्द्र चौधरी, नगर सह सचिव संन्तोष पोख्रेल लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधबार