प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस बाँकेमा भव्य रुपमा मनाइयो




नेपालगन्ज ।

“शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता भन्ने मूल नाराका साथ स्थापना भएको प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस प्रेस सेन्टर नेपाल बाँकेले भव्य रुपमा मनाएको छ ।

आइतबार साँझ ६:३० बजे स्थानीय बि.पी.चोकमा जम्मा भएर दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपाल बाँकेको कार्यबाहक अध्यक्ष सीता वलीले बताए ।

पत्रकारले आफ्नो पेशागत मर्यादाको ख्याल गरि निष्पक्ष रुपमा कलम चलाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । उक्त दीप प्रज्वलन कार्यक्रममा पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त स्थापना दिवसको शुभकामना दिनेमा कानुन समाज सेवा नेपालका अध्यक्ष छत्र सुनार, अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क., प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष लंक बहादुर रोकाय, अखिल (क्रान्तिकारी) बाँके जिल्ला का.बा. अध्यक्ष सुनिल बटाला, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन, प्रेस सेन्टर बाँकेको कार्यबाहक अध्यक्ष सीता वलीले लगायतले दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमबार