शम्शेरगजमा मन बहादुर केसी स्मृति कप खेलकुद प्रतियोगिता सुरु

राप्तीसोनारी ५ माघ
राप्तीसोनारी गाउँपालिका वडा न ८ पेरानी स्थिति शिवशक्ति माध्यामिक विद्यालयमा शनिबारदेखी स्व. मन बहादुर केसी स्मृति कप चौथो मा वि तह खेलकुद तथा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनोट प्रतियोगिता तथा छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० आधारभुत तह प्रथम वडा स्तरीय खेलकुद छनोट प्रतियोगिता सुरु भएको छ ।

शिवशक्ती मा वि को आयोजना तथा केसी परिवारको प्रायोजनमा सुरु भएको प्रतियोगिताको राप्तीसोनारी गाउँपलिका अध्यक्ष तप्त बहादुर पौडेलले उदघाट्न गरेका छन ! उदघाटन सत्रमा बोल्दै अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका स्व.अन्जु चौधरीको स्मृतिमा अक्षयकोषको स्थापना गरेको बताउदै स्व. मन बहादुर खत्रीको स्मृतिमा संचालन गरिने खेलकुद प्रतियोगितालाइ व्यवस्थित रुपमा संचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए!

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडाध्यक्ष सालिकराम डाँगीले स्वर्गीय मन बहादुर केसीले शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताउदै केसीको स्मृतिमा संचालन गरिने खेलकुद प्रतियोगितालाइ वडा कार्यालयबाट सक्दो सहयोग गर्ने बताए !

स्वर्गीय केसीका जेठो छोरा विष्णु केसीले आफ्नो बुवा कार्यरत भएको विद्यालयमा हरेक वर्ष मन बहादुर स्मृति कप खेलकुद प्रतियोगिता संचालन गर्दै आएको बताए ! जिवित हुँदा पनि बुवाले विद्यालयमा योगदान गर्नुभयो मृत्यु पछि पनि विद्यालयमा केहि सहयोग पुगोस् भनेर उहाँको सम्झनामा वर्षेनी मा वि तहको खेलकुद प्रतियोगिता संचालन गर्दै आएका छौ केसीले भने प्रतियोगितामा भलिबल ,सटपुट,ज्याभ्लिङ थ्रो लगायतका खेलहरु समावेश गरिएका छन ।

प्रतियोगितामा वडा न ८ र ९ का गरी ७ वटा मा वि विद्यालयहरुले सहभागिता जनाएका छ्न !
यस्तै माघ ११ गतेदेखि संचालन गरिने १६ औ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताका लागी वडा न ८ का विद्यालयहरुको सहभागीतामा आधारभूत तहतर्फ १०० मिटर दौड,४०० मिटर दौड ,चम्चा दौड र गणित दौड संचालन गरिएका छ्न!

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओपेन्द्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको उदघाटन सत्रमा राप्तीसोनारी गाउँपालिका निवर्तमान उपाध्यक्ष धनी कुमारी खत्री ,पुर्व शिक्षक तथा समाजसेवी कमान सिँह खनाल आफ्ना भनाइ राखेका थिए ! कार्यक्रममा समाजसेवी ,बुद्धिजीवी सुरक्षाकर्मी ,शिक्षक विद्यार्थी पत्रकार लगायतको सहभागिता रहेको थियोे ।