उमेरले ४८ पुगेका साउथ स्टार महेश बाबुको फिट रहने तरिका




काठमाडौं।

दक्षिण भारतीय स्टार महेश बाबुले अभिनय यात्रा ४ वर्षकै उमेरदेखि थालेका हुन्। ४८ वर्षको उमेरमा पुग्दा पनि उनी उत्तिकै सक्रिय छन्।

दक्षिण भारतीय अभिनेतामा आकर्षक अभिनेतामा पर्ने उनले जीवनशैलीलाई अनुशासित बनाएका छन्। जसले उनको करियर र स्वास्थ्य दुवैलाई लाभ पुगेको छ। दुई सन्तानका पिता उनले तीन दशकदेखि आफ्नो स्वास्थ्यका लागि तय गरिएको नियमित रुटिन पछ्याइरहेको बताउँछन्।

नियमित शारीरिक अभ्यास

महेशबाबुको चुस्तदुरुस्त शरीरको राज उनको नियमित अभ्यास नै हो। उनले तीन दशकदेखि जिम जाने कुरा कहिल्यै बिराएका छैनन् । उनी हरेक दिन एक घन्टा जिममा पसिना बगाएपछि मात्रै निस्किन्छन् । तर, अन्य अभिनेता जस्तो सिक्सप्याकमा भने कहिल्यै रुचि जताएनन्।

आफूलाई फिट राख्ने तहको अभ्यासलाई उनले बढी अपनाए। ‘म हेल्दी र टोन्ड बडी बनाउने कुरामा ध्यान दिन्छु,’ उनी भन्छन्। उनका ट्रेनरका अनुसार दैनिक अभ्यासमा उनी बडी स्ट्रेन्थ र लचकतामा बढी ध्यान दिन्छन्। स्ट्रेचिङ उनको प्रिय अभ्यासक्रम हो। त्यही कारण आफूलदे एक्सन फिल्मलाई न्याय दिन सकेको उनको प्रतिक्रिया हुन्छ।

उनले फिटनेसका लागि ट्रेनर बदलिरहन्छन्। सुरुमा सेलिब्रिटी ट्रेनर क्रिस गेथिनसँग पनि उनले तालिम लिए। पछि कुमार मानवाले पनि उनलाई तालिम दिए।

ट्रेनसर मानवाले एक अन्तर्वार्तामा उनीमाथि बोल्दै भनेका छन्, ‘अरु अभिनेता पर्दामा राम्रो देखिन जिमममा पसिना बगाउँछन् तर महेशबाबु स्वस्थ रहन सक्रिय छन्।’ उनको दैनिक जीवन पद्धति धेरैका लागि अनुकरणीय रहेको टिप्पणी मानवाले गरेका छन्।

खानपानमा होसियार

फिल्मस्टार महेश बाबुको खानपान नापतौलवाला नै छ। समय पनि मिलाइएको छ। दिनको तीनपल्ट खान्छन्। आफूलाई युवा राख्न मद्दत पुग्ने खानेकुरामा उनको बढी रुचि छ। त्यसैले उनको खानामा रातोमासु हुँदैन।

ब्रेकफास्टमा सुख्खा फलफूल सलाद, ओट्स र अन्डा हुन्छ। दिउसोको खानामा माछा अनिवार्य जस्तो रहन्छ र कहिलेकाहिँ चिकेन पनि मिसिन्छ । मनपर्ने खाना भने चपाती हो। जुन उनी लिइरहन्छन्।

चपाती उनको डिनरमा पनि हुन्छ। तर, अन्डा र चिकेन पनि उनको डिनरमा मिसिन्छन्। निद्रा उनको प्रिय कुरा हो। जसरी पनि ७ देखि ८ घन्टा सुत्ने बानी छ। सुटिङको धपेडीमा पनि उनलाई निद्रा पुर्याउन समय छुट्याउनुपर्ने हुन्छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार