क्यासिनो सिटी बन्यो नेपालगन्ज, थपिए ४ क्यासिनो

नेपालगन्जमा रहेका चार वटा होटलमा क्यासिनो सन्चालन गर्न सरकारले अनुमति दिएको छ । मन्त्री प्रेमबहादुर आलेले पछिल्लो दुई महिनाको अवधिमा नेपालगन्जका चारवटा होटलमा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गरेका हुन् ।

गत कात्तिक ९ गते पर्यटन मन्त्रालयले नेपालगन्जको होटल स्नेहमा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ । यस्तै, कात्तिक १२ नेपालगन्जको होटल स्टार लाइटको भेन्यू रिक्रिएसनले पनि लाइसेन्स पाएको छ । पुस १४ मा नेपालगन्जको होटल सिटी प्यालेसस्थित सेटिएर इन्टरटेनमेन्टलाई क्यासिनोको अनुमतिपत्र दिइएको छ भने पुस १६ मा नेपालगन्जको होटल कल्पतरुस्थित ‘ओम त्रयम्बकम इन्टरटेन्मेन्ट’ क्यासिनोले पनि लाइसेन्स पाएको छ ।

यसभन्दा अघिबाट नेपालगन्जमा होटल सिद्धार्थ र होटल सोल्टीमा क्यासिनो सन्चालनमा छन् । यससँगै नेपालगन्जमा क्यासिनोको संख्या ६ पुगेको छ । नेपालगन्ज उपमहानरपालिकाका मेयर धवलशमशेर राणाको नेपालगन्जलाई क्यासिनो सिटी बनाउने योजना यससँगै साकार भएको देखिएको छ ।

भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर क्यासिना सन्चालन गरिने भनिएको छ । होटलहरुले क्यासिनोमा करोडौं लगानी गरिसकेको जनाएका छन् ।