दिगो विकास लागि युवाहरुलाई मेरो सन्देश !




 श्यामहरी शर्मा

यो भुमण्डलमा नेपाल एउटा सुन्दर, शान्त, भरिपूर्ण छुट्टै पहिचान भएको सानो स्वतन्त्र राष्ट्र हो । जसले बयान मानव जातिले गर्न सकिन्न । तर एउटा तलक सोच र कार्यले गर्दा सियो देश नै परनिर्भरको भूमरिमा फसिरहेको छ । जसका नेपाल अहिले दुःख गरिबी, छलकपट, भ्रष्ट आदी कुकर्म जन्मि रहेको छ । यस्तै माओवादी गृहयुद्ध, बाढिपहिरो, भारतले गरेको नाकाबन्दी, हालको कोभिड १९ र आमिक्रोनबाट अनेकौं दुःख कष्ट झेल्यौं । आजसम्म पनि सदबुद्धिको सोच भएन । नतिजा दुःख पिडा थपिँदै गयो ।

केही सिप लागेको छै्रन । अनेर्कौ देवी देउतालाई अनेकौं धर्माकर्म पुजा आराधाना गरे तर कुनै पनि राम्रो संकेतसम्म पनि आएन । नेपालमा जिविकोपार्जन गर्नका लागि समस्या भएपछि देशका युवाहरु श्रमिकको लागि विदेश जान बाध्य छन् । विदेशबाट पठाएको पैसाले चलेको हाम्रो देश । अरुको देश बनिरहेछ, आफ्नो देश विग्रिरहेको छ । देश चलाउनेहरुले यो बुझेनन् की देशको शक्ति भनेको युवाहरु हुन् । युवाहरु नभए देश बन्ने सम्भव नै हुँदैन । तसर्थ देश र देशबासीहरुलाई अरुले शोषण गरिरहेको छ । आत्मानिर्भर बन्न सकेका छैनौं । यो तरिकाबाट पनि हुँदैन किनकी शिक्षा, निति नै गलत देखिन्छ ।

यसको लागि भगवानले दिएको हिम शृङ्खला, नदिनाला, पहाड दिएका छन् । भगवानले दिएको बुद्धिलाई राम्रोसंग प्रयोग गर । ठुलो सानो गरी अनेकौ काम गर्ने बाटाहरु खुलस्त पाउनेछौंँ । क्रम मिलाएर काम गर यगौंयुगसम्म सुःख शान्ति र विश्वकै उत्कृष्ट समृद्ध देश पाउने छौं । तिमिलाई प्राणि मध्ये सर्वेश्रेष्ठ प्राणि बुद्धीद्धारा सुन्जितित गरेका छौं । यहि नै भगवानको मौन आदेश हो । यस बारे कुनै पनि धार्मिक शिक्षक संस्ता दुर सञ्चार, बुद्धिमन्थन जनताको आवाज आदी कुनै पनि निकायबाट सहि जानकारी नपाएको क्षमा सहित केही जाने बुझेका छोटकरीमा उल्लेख गरेको छु । किनकी यसैमा यसैमा सुरु छ अन्त्य पनि यसैमा छ । तसर्थ यो विश्वमा अनैकौ पदार्थहरु छन तर उकै ठाउमा छैनन । अनेका भावमा बाडिएका छन् । हाम्रो भाग्यले हिम शृङ्खला, नदिनाला, पहाड पाएका छौं । ईश्वरबाट प्राप्त विश्वकै अग्लो सगरमाथा लगायत अनकौ गगन चुम्बी । हिमपर्वतहरु नै सबैभन्दा ठुलो र सबैभन्दा अचम्म लाग्ने फ्याक्ट्रि किनकी ति पर्वतहरुमा ४ शक्तिहरु समाहित भएको छ ।

१. विशेष गरी विदेशीहरुको दृष्ट्रि जब हिमाल श्रङ्खलामा पर्दछन्, मन्त्र मुग्ध भई कोही नजिक जान्छन् । कोही चढ्न जान्छन्, कसैले हेरेर मात्र तृप्त गरी ओ माई गड भनी भगवानको समेत नाम उच्चारण गरी खुसी साथ विदेशी मुद्राहरु छाडेर जान्छन् । अतः यो हिमाल बिना लगानीको मोहिनी रुपी फयाक्ट्रि हो ।

२. बाष्पयुक्त हावा चिसो पर्वतमा ठक्कर दिएर हिउ जमेर हिमाल बनेको छ । विशेष गरी तल्लो भाग पग्लीएर अनैंको भागमा ठुलोसानो नदी बनी बगिरहेको छ । त्यसले जिवजन्तुहरुलाई तृप्त गरी जुनसुकै बेलामा पनि उपलब्ध हुने गरी अविछिन्न रुपले पानी बगिरहेको छ । त्यसकारणल रिकालसम्म बिना लगानीको अमृतमय पानी बन्ने फ्याक्ट्रि हो ।

३. यो जगतकै सबैभन्दा अग्लो भागबाट झरणा खसिरहेको छ । त्यसको बेग विश्वमै अतुलनिय छ । त्यो बेगमा बिजुली उत्पादन यर्ने यन्त्र थपिदिए अत्याधुनिक विजुली उत्पादन हुन्छ , तर माथि उल्लेख भएकै आफै हुँदैन । नेपालीहरुको बुद्धि, मेहनत, लगानीले मात्र बन्ने ठुल्लो विद्यसत फ्याक्ट्रि हो । देशभरीको उत्पादन एकिकृत गर्दा ८३,००० मे.वा. विजुली उत्पादन हुन्छ भनिएकोमा हाल १५०००० मे.वा. सम्म उत्पादन हुन सकेको भनेविज्ञहरुको भनाई छ । हेर्दाहेर्दै जाउ असम्भव पनि छैन ।

४. उपरोक्त कामहरु सिध्याई तराई तिर बग्ने नदीहरुबाट चाहिने ठाउँबाट सिचाई पु¥याई आवश्यक प्राविधिक अपनाएर खेती गरी खाद्यान्न बढि उत्पादन गरी स्वदेशमा नै नेपालको तिन तिर सिमानाबाट भारत गई खर्च नगरी स्वदेशमै कारोबार गर्न सकिन्छ । उल्लेखित माथिका सबै विचार नेपालमा कार्यन्वयन गराउने निकाय मौन बसेको देखिन्छ । यस विषयमा नेपाल सरकारलाई घच्घचाऔं । हामी सबैले यो देशको निर्माण गर्नका लागि केही समय पनि लाग्दैन तर मन बचन र कर्मले काम गर्न प्रतिबद्ध हाऔं । यो सानो देशमा ठुलो अवसर छ भन्ने उदाहरणहरु प्रस्तस्तै छन् । हामी हाम्रो देशको मुहास फेर्न सकिन्छ । यसले गर्दा भावि पिडिहरुलाई समेत भविष्य उज्ववल बनी नयाँ आयम थपिनेछ । त्यसलै मेरा युवाहरुलाई विशेष आग्रह छ ।

लेखक
श्याम हरि शर्मा
कोहलपुर-१० (हाइस्कुल), बाँके

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधबार