बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु




काेहलपुर ।

बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनको मृत्युसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ३४६ पुगेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ११ गते मंगलबार