काेहलपुर ।
बाँकेको खजुरामा एक बालकमाथि चक्कु प्रहार भएको छ । बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं.५ उढरापुरमा बस्ने ११ वर्षिय बालक धु्रव काँदुमाथि चक्कु प्रहार भएको हो ।
उनी मंगलबार विहान खेतमा भएको परालको कुन्यूमा बेहोस अवस्थामा फेला परेका हुन । उनको कानको तल चक्कु प्रहार गरिएको छ । बेहोस रहेका ध्रुवको नेपालगन्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ । उक्त घटना सम्बन्धमा अनुसन्धान भइरहेकोे बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ ११ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्