एमाले बाँकेका नेता खनाल माओवादिमा प्रवेश

काेहलपुर ।

नेकपा एमाले बाँकेका युवा नेता रूद्र खनाल माओवादि केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले बाँके जिल्ला कमिटि सदस्य एवं अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य समेत रहेका खनाललाई शनिबार एक कार्यक्रमका बिच नेकपा माओवादि केन्द्रका स्थायी समिति सदस्य एवं बाँके ईन्चार्ज कुल प्रसाद केसी (साेनाम) तथा नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य एवं काृहलपुर ईन्चार्ज दामा शर्माले पार्टि प्रवेश गराएका हुन ।

शनिबार काेहलपुरमा आयाेजित विशेष कार्यक्रममा खनाललाई पार्टि प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले क्रान्तिकारी बिचार बाेक्नेहरू एक ठाँउमा आउने क्रम जारी रहेकाे बताए । उनले खनाललाई पार्टिमा स्वागत गर्दै जिम्मेवार भुमिका सहित जनताकाे माझमा पठाईने बताए ।

यसअघिकाे स्थानिय निर्वाचनमा नेकपा एमालेबाट काेहलपुर नगरपालिका वडा नं. १ काे वडाध्यक्षका प्रत्यासी खनाल हालै सम्पन्न काेहलपुर बृहत शहरी तथा सरसफाई संस्थाकाे निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । युवामाझ लाेकप्रिय छवि बनाएका खनाल चलचित्र निर्माणमा समेत सक्रिय रहँदै आएका छन ।