कोहलपुर दशविगाह निजकै ठुलाे दुघर्टना, मोटरसाइकल चालक थारुकाे मृत्यु




काेहलपुर ।

बाँकेकाे काेहलपुर नगरपालिका ११ दशविगाह निजकै दुघर्टना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

कोहलपुरबाट बर्दियातिर जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाइ पश्चिमबाट कोहलपुर आउदै गरेको भे १ च २८१५ नम्बरको बोलेरो गाडीले हिजाे राति दशविगाह निजकै दुघर्टना हुँदा माेटरसाइकल चालक राजन कुमार थारुकाे मुत्यु भएकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख रबिन्द्र खनालले जानकारी दिएका छन् ।

मृत्यु हुने थारू बर्दिया जिल्ला बढैयाताल गाउपालिका -३ का घर भइ हाल सैन्य तालीम केन्द्र सैनामैना रुपेन्देहीमा कार्यरत रहेकाे इलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख खनालले जानकारी दिएका छन् ।

उनका अनुसार गाडी र चालक ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा लिइएकाे उनकाे भनाइ थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतबार