बाँकेमा प्रेस चौतारी : ‘टीकेप्रथा’ मा पत्रकारको असन्तुष्टि

काेहलपुर ।

नेकपा एमालेको सिङ्गो पाटीसँगै यसका विभिन्न मातशहतका संगठनमा अहिले टिके प्रभाव चलिरहेको छ । जसको प्रभाव प्रेस चौतारी नेपालमा पनि परेको छ । स्वतन्त्र पेशा मानिने पत्रकारितामा आबद्ध पत्रकारको संगठनमा पनि पार्टीको हुईपका साथै दलका उच्च नेताहरूको हस्तक्षेपकारी प्रवृत्ति देखिएको छ ।

यसले बाँके सहितका विभिन्न जिल्लामा पत्रकारदेखि नेता कार्यतर्कामा असन्तुष्टि देखिएको छ । केही दिनअघि मात्रै बाँकेमा प्रेस चौतारीको अधिवेशन पनि यस्तै टिके प्रथाबाट गरिएको छ ।

जुन अधिवेशनमा प्रेस चौतारीका सदस्य भन्दा एमालेका केन्द्रीय सदस्य, प्रदेश सदस्यदेखि जिल्ला अध्यक्ष र केही आफुलाई वायतको हाइकमाण्ड सम्झने नेतामुखी पत्रकारको हालिमुहाली देखिएको छ ।

पत्रकारको संगठनमा नेताको हालिमुहाली भएकै कारण थुप्रै संगठनप्रति वफादार तथा सक्रिय पत्रकारहरू यतिबेला असन्तुष्टि देखिएका छन । पत्रकारको नेता पुजने र नेताको केही पत्रकारलाई गोजीमा राख्ने प्रवृत्तिले यतिबोल बाँकेमा समस्या उत्पन्न गराएको देखिएको छ ।

बाँके चौतारीको अधिवेशनमा चौतारीका लुम्बिनी इन्चार्ज भनिएका कच्चा तथा जुनियर पत्रकार सविन प्रियासनको गैर जिम्मेवार अभिव्यक्तिले पत्रकारहरू आक्रोशित समेत बनेका छन । बाँकेको चौतारी नेता बाँकेका पत्रकारले छान्ने कि गणेश बस्नेत, सविन प्रियाशन, एमालेका केन्द्रयि सदस्य, प्रदेश सदस्य र जिल्ला अध्यक्ष हुईप जारी गरे टिका लगाउँने यतिबेला प्रश्न उब्जिएको छ ।

एमाले नेताहरूले पाटीको केन्द्रीय निर्देशन बमोजिम भन्दै चौतारीमा समेत हस्तक्षेप गरेका छन । कुनै जमानामा चौतारीको नेता भए भन्दैमा अहिले पाटीको प्रदेश तथा केन्द्रीय तहमा पुगिसकेका व्यक्तिको अझैपनि चौतारीमा दादागिरी चलिरहेको छ । यसले आम सक्रिय पत्रकारको प्रतिष्ठामाथि आँच समेत आएको देखिएको छ ।

गएको २८ गते गरिउको टिकाराम अधिवेशनका पदाधिकारीको अहिले पनि सपथ हुन सकेको छैन । पुरानो कार्य समितिले अहिलेपनि जिम्मेवारी हस्तान्तरण गरेको देखिएको छैन । यसले पनि टिकाराम पदाधिकारी अहिले गैरजिम्मेवार र अबैद्य देखिएका छन ।