बनकटवा दुग्ध उत्पादन सहकारी संस्थाको २६ औं साधारण सभा (फोटो फिचर)

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको बनकटवा दुग्ध उत्पादन सहकारी संस्थाले २६ औं साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार बैजनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष मन बहादुर खत्रीले साधारण सभा उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका क्रममा बोल्दै वडा अध्यक्ष खत्रीले बैजनाथ गाउँपालिकाका किसानहरुको दुग्धको मुल्यको कदर गरेको बताउनुभयो । उहाँले गाउँपालिकामा रहेको किसानहरुले उत्पादन गरेको दुग्धलाई बजारीकरण गरेको भन्दै प्रसंसा गर्नुभएको थियो ।

यस्तै बनकटवा दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ६८ लाख ३७ हजार ६ सय ३६ रकमको कारोबार गरेको र आगामी वर्षमा करिव ४ करोडको योजना निर्माण गरी काम थालनी भएको बताउनुभएको थियो ।

यस्तै बनकटवा दुग्ध उत्पादन सहकारी संस्थाका लेखा संयोजक सन्त कुमार विश्वकर्माले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उँहाले खुल्ला दुग्ध, पोका दुग्ध, पनिर ध्यू, न्यौनि, छुर्पी, डिडिसी, दानाविक्रि, शेयर बृद्धि, स्थानिय विक्रि लगायतका आगामी कार्यक्रम रहेको जानकारी दिनुभएको थियो । आगामी वर्षमा करिव ४ करोडको कारोबार गर्ने गरी योजना निर्माण भएको बनकटवा दुग्ध उत्पादन सहकारी संस्थाका लेखा संयोजक विश्वकर्माले बताउनुभएको छ ।

यस्तै बनकटवा दुग्ध उत्पादन सहकारी संस्थाका लेखा संयोजक विश्वकर्माले आर्थिक वर्ष २०७८/०७९ मा वर्षमा प्रत्येक महिनामा के के गरेको भन्ने विषयमा समेत प्रस्ष्ट पार्नुभएको थियो । जसमा साउनमा महिनामा लेखा परिक्षण, भाद्रमा निजी पशुपालन व्यवसाय, असोजमा शुभकामना आद्रानप्रदान कार्यक्रम, कार्तिकमा घाँसको विक्रि, मंसिरमा बार्षिक साधारण सभा, पौषमा सरोकार निकायको परिचान, माघमा बजारीकरण र अनुगमन, फागुनमा दुग्धको विविधिकरण र तामिम गोष्ठी, चैत्रमा कोभिड भ्याक्सेन, बैशाखमा कृषक भ्रमण/अवलोकन, जेष्ठमा घाँसको विउ वितरण, असारमा संस्थागत कार्यक्रम र समिक्षा जस्ता कामहरु गरेको प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

यस्तै व्यवस्थापक दिपक कार्कीले कृषकहरुको उत्प्रेरण हुने किसिमका योजना ल्याएको बताएका छन् । किसानहरुलाई सानो सहयोगले ठुलो काम गर्नुसक्नुहुन्छ भने हामीले किन नगर्ने उनले भने त्यसैले कृषकहरुलाई सम्मान गरिएको बताउनुभयो । यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरुले आफ्नो घरमा उत्पादन गरेको बस्तुहरुलाई बजारीकरण गर्नका लागि हाम्रो प्रमुख दायित्व रहेको हुन्छ, त्यसको लागि जुनसुकै कदम चाल्नुपरेमा आफु पछि नहट्ने बताउनुभयो ।

यस्तै संस्थाको २६औं साधारण सभामा विभिन्न किसिमका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । जसमा संस्थालाई बढि दुग्ध दिने, संस्थालाई नियमित दुग्ध उपलब्ध गराउने र संस्थालाई गुणस्तर दुग्ध उपलब्ध गराउने गरी तिन किसिमका सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्थालाई गुणस्तर दुग्ध ल्याउने सदस्यहरुमा अरनिको संकलन केन्द्रबाट मोहन रावत, बनकट्टी संकलन केन्दबाट रुपसिंह खड्का, एचगाउँ संकलन केन्दबाट कृष्ण बहादुर थापा र मदन चोकसंकलन केन्दबाट रामलाल थारु रहेका छन् ।

यस्तै संस्थालाई बढि दुग्ध उपलब्ध गराउने सदस्यहरुमा अरनिको संकलन केन्द्रबाट शोभाकान्त शर्मा, बनकट्टी संकलन केन्दबाट हरिका सिंह खड्का, सिर्जना टोल संकलन केन्दबाट कमला थापा, मनदचोक संकलन केन्दबाट प्रकाश चन्द ठकुरी, खड्कवार संकलन केन्दबाट गंगाराम वली रहेका छन् ।

संस्थालाई नियमित दुग्ध उपलब्ध गराउने सदस्यहरुमा अरनिको संकलन केन्द्रबाट सेतिसिंह भण्डारी, बनकट्टी संकलन केन्द्रबाट पूर्णकला खड्का, सिर्जना टोल संकलन केन्द्रबाट मोनु सल्मानी र बनकट्टी संकलन केन्दबाट भोज बहादुर थापा रहेका छन् ।