कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको बनकटवा दुग्ध उत्पादन सहकारी संस्थाले गुणस्तर दुग्ध ल्याउने सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको २६ औं साधारण सभामा बैजनाथ र कोहलपुरका गरी तीन जनालाई सम्मान गरेको छ ।

संस्थाको विभिन्न स्थानहरुमा दुग्ध संकलन केन्द्र भएपनि तीन जनाले गुणस्तरी दुग्ध उपलब्ध गराएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष कुल प्रसाद पौडलले बताउनुभयो । सम्मान हुनेहरुमा अरनिको संकलन केन्द्रबाट मोहन रावत, बनकट्टीका रुपसिंह खड्का र मदन चोकका रामलाल थारुलाई सम्मान गरिएको छ ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्