रारा विजयी सहकारीको १३औं वार्षिक साधारणसभा सम्पन्न

कोहलपुर 

रारा विजयी बहुउद्देश्यीय सहकारी संस्था लि बैजनाथ ६ सम्झनाबजार बाँकेको १३ औं वार्षिक साधारणसभा शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । कार्यक्रमको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

कार्यक्रम बोल्दै नगर प्रमुख रावतले सहकारीले आफ्नो उद्देश्य अनुसारको काम गरेर शेयर सदस्यहरुको जिवन परिवर्तन हुने गतिविधि संचालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले रारा विजयी सहकारी संस्थाले बैजनाथको विकासमा टेवा पुर्‍याएको बताउदै सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा २०७८ असार मसान्त सम्मको करिब ४ करोड ८ लाख २४ हजार ३ सय ३९ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको थियोे । कार्यक्रम उत्कृष्ट बचतकर्ता, ॠणी लगायतलाई सम्मानपत्र र खादा सहित सम्मान गरिएको थियोे । कार्यक्रम कोहलपुर डेन्टल अस्पतालले निशुल्क दन्त परिक्षण गरेको थियोे भने संस्थाले उत्पादन गरेका सामाग्री पर्दर्शनी राखिएको थियोे ।

संस्थाकी अध्यक्ष बसन्ती सिह ठकुरीको सभापतित्वमा भएको कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न ४ का वडाध्यक्ष काली बहादुर सिँह, सहकारी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष एकता शाह,जिल्ला बहुउद्देश्यीय सहकारी संघ बाँकेकि उपाध्यक्ष नारायणी घिमिरे ,नेपाली काँग्रेस कोहलपुर नगर सभापति विरेन्द्र शाह, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रवीन्द्र खनाल ,राष्ट्रिय सहकारी बैक कोहलपुरकि निता थापा बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद विश्वकर्मा लगायतको सहभागीता रहेको थियोे भने पत्रकार कुशल दलामीले कार्यक्रमको संचालन गरेका थिए ।