बैदेशिकबाट फर्केका युवाहरुको सिप सम्बन्धी तथ्यांक संकलन गर्दै कोहलपुर




कोहलपुर ।

कोहलपुर नगरपालिकाले आजबाट बैदेशिकबाट फर्केका युवाहरुको सिप सम्बन्धी तथ्यांक संकलन गर्न थालेको छ । कोहलपुर नगरपालिकाका १५ वटा वडामा आजबाट बैदेशिकबाट फर्केका युवाहरुको सिप सम्बन्धी तथ्यांक संकलन गर्न थालेको छ ।

बैदेशिक रोजगारीबाट फर्केका यूवाहरुको केकस्तो सिप छ सोही अनुसार आगामी निति तथा कार्यक्रममा समावेश गर्ने योजना सहित यो तथ्थांक संकलन गर्न थालेको कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताए । आजबाट हामीले तथ्थांक संकलन गछौं उनले भने, ‘सोही तथ्थांक अनुसार निति तथा कार्यक्रममा समावेश हुनेछ ।’

कोहलपुर नगरपालिका प्रमुख टिकाराम ढकालले कोहलपुर नगरपालिकामा के कस्तो जनशक्ति छ ? भन्ने विषयमा यो तथ्थांकले प्रष्ट रुपमा जानकारी लिन सजिलो हुने बताए । ‘यसले कोहलपुर नगरपालिकाको विकास र समृद्धिका लागि टेवा पुग्नेछ’ उनले भने, ‘दिगो, मध्य र तत्कालिन योजनाहरु कार्यान्वयन गर्न सजिलो हुनेछ ।’ यो मोबाइलको एप्लिकेशनबाट सजिलै डाटाहरु भर्न सकिन्छ ।

कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्मा, तथा वडा अध्यक्षको समेत उपस्थित रहेको थियो । शनिबार कोहलपुर नगरपालिकाका प्रति वडा २ जना गरी १५ वडाका ३० जनालाई तथ्थांक संकलन गर्दा कसरी एप्लिकेशन चलाउने भन्ने बारे तालिम दिइएको दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना(दोस्रो) परियोजनाका संयोजक समिर विकले बताए ।

प्रकाशित मिति : २०८० जेठ ७ गते आइतबार