बागेश्वरी बहुमुखी क्याम्पसमा मोटिभेसनल कक्षा सम्पन्न




काेहलपुर ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा मोटिभेसनल कक्षा सम्पन्न भएको छ ।

पेडागोलिकल विषय अन्तर्गत अनिवार्य विषय मार्गदर्शन र परामर्श ३३२ को आंशिक आवश्यकता पूरा गर्न र स्नातक तह तेस्रो सेमेस्टरका विद्यार्थीहरुको जिवनमा आमूल परिवर्तन ल्याउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको उप प्राध्यापक एवम पुर्व विभागीय प्रमुख टेकेन्द्र कुमार महतराले जानकारी दिए ।

मोटिभेसनल कार्यक्रमबाट आफ्नो जिवनको लक्ष्य, म को हो? मेरो समाजमा जिम्मेवारी के हो ? मेरो जीवन के हो ? मेरो भविस्यको लक्ष्य के हो ? मैले समाजमा के कस्तो योगदान गर्ने हो ? लगायतका कुरामा कुरामा आफू र आफनो लक्ष्य पूरा गर्ने गरि आजको कार्यक्रम चलेको कुरा अध्ययनरत विद्यार्थी ईमरान हास्मिले जानकारी दिए ।

मोटिभेसनल कार्यक्रम लाई बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर मानविकी संकाय अन्तर्गत अंग्रेजी विषयका उप प्राध्यापक तथा मोटोभेसनल राजकुमार चन्दले दिएका थिए ।

साे कार्यक्रममा पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा तथा अभ्यास शिक्षण विभागाका विभागीय प्रमुख प्रमोद सुवेदीको उपस्थित रहेको थियो भने सहजीकरण उप प्रा. महतराले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार