प्रेस चौतारी बाँकेकाे अध्यक्षमा रोकाय, (पूर्ण विवरण )

काेहलपुर ।

प्रेस चौतारी नेपाल बाँके शाखाले बुधबार (आज) आफ्नो नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा दुर्गा राेकाय चयन भएका छन् । जसकाे उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डांगी सहसचिवमा देवेन्द्र पौडेल र भगतराम थारु र कोषाध्यक्षमा जियाउल मुस्ताफा चयन भएका छन् ।

यस्तै सदस्यहरूमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दिपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जयपति ढकाल, कृष्ण जिसि, गोपाल वली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसी, कृष्ण चौधरी, धना केसी, अजमत अलि, पृती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन, बिजय परियार, जगेश्वर थारु चयन भएका छन् ।