काेहलपुर ।
बाँकेमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-७ बुटवलका सिद्धार्थ पाण्डे र दाङ घोराही उप-महानगरपालिका-१३ का अरुण रोका मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडि रहेकाे बेलामा शंका लागि सोधपुछ तथा निजको शरिर खान तलासी लिदा निजहरुको साथबाट लागूऔषध १६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेकाे हाे ।
आवश्यक कारबाहीको पक्रियामा रहेकाे ईलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्