सामाजिक सञ्जालमा राखेको प्रमाण देखेन सरकार

एकराज शर्मा ।

नेपालमा पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवशको निकै आवश्यकता परेको छ । सायद उनले तत्कालीन समयमा नेपाललाई एकीकरण नगरेको भए आज नेपाल के बन्ने थिएन । हाम्रा नेताहरूलाई यो जानकारी छ कि छैन । राष्ट्र र राष्ट्रियता उस्तै उस्तै लागे पनि यसमा निकै र तात्विक फरक छ । खासगरि राष्ट्र भुगोलसंग सम्वन्धित छ भने राष्ट्रियता गुणात्मकतासंग नजिक छ । राष्ट्रियताको भावनाले राष्ट्र निर्माण गर्छ भन्ने भावनालाई हामिले बिर्सेरका छौं पनि होलान् तर वस्तु के हो भने भुगोल विनाको राष्ट्रियता भावना मात्रै हो ।

त्यसैले सुरुमा राष्ट्र त्यसपछि पछि नै राष्ट्रियता आउंने सवालमा हाम्रो प्रतिवद्द्ता खोइ रु यदि मैले पढेको र हामिले पढेको नेपालको ईतिहास गलत हैन भने राष्ट्र निर्माणको काम पृथ्विनारायणले नै गरेका हुन् यसमा कसैले पनि दावी गर्न र गलत भन्न मिल्छ । अनि उनको राष्ट्र निर्माणपछि राष्ट्रियता कत्तिको ख्याल गरियो, वर्ग समन्वय, जातिय मिलाप, लैगिक समनता, क्षेत्रिय एकता आदि, त्यो बहसको पाटो बन्न सक्ला तर राष्ट्र निर्माता चाहिँ पृथ्विनारायण शाहनै हुन् । आज आएका वा जन्मिएका केही नेतालाई त्यसो लाग्दैमा उनलाई अपमान गर्न मिल्छ ।

राष्ट्र निर्माण भुगोलसंग नजिक भएका कारण यो पटक पटक निर्माण हुने पनि होइन भन्ने हामी र हाम्रा नीतिनिर्माताको ध्यान कता गएको होला यो राजनीतिको सवाल नि होइन तर यो इतिहासको सवाल हो कसैको व्यक्तिगत स्वार्थले पनि हुदैन । यसका लागि फेरि पनि या त युद्ध यात अन्तराष्ट्रिय नीतिको खोजी गर्नु आवश्यक होइन र कि के हो ? राष्ट्रियता निर्माण भने निरन्तर भैरहने प्रकृया हो । जुन हिजो पनि थियो आज पनि छ तथा भोली पनि रहिरहन्छ ।

पृथ्विनारायणशाहलाई ढाल बनाएर पुरातन स्थितिमा फर्कन खोज्नु हाम्रा राजनीति दलहरूको लाचार पर्नु होइन। पृथ्विनारायण शाह राजा भएकै कारण उनलाई विर्सनु दुबै अतिवाद उन्मुख विचार होइन । कुनै पनि मुलुकमा राजनीति व्यवस्था परिवर्तन हुदैमा त्यस देशको इतिहास परिवर्तन हुन्छ र गुणातन्त्रात्मक राज्यव्यवस्थामा जनताले जनताबाट प्रताडित भैरहनु, राज्यको सम्पतीमा सात्तासिनकै हाली मुहाली हुनु तथा उनीहरुको गद्देनजर लागि रहनु र आफू निरही मुख दर्शक हुनुले त्यस देशको गणतन्त्रलाई प्रश्न उठाउनु कमजिर होइन । अधिकांस जनताको मनमा पृथ्विनारायण शाहको योगदानले आम जनमानसमा बास गर्नु स्वाभाविक होइन रु राष्टिय एकता दिवस वा उनले गरेको योगदानलाई कदर गर्नु र दिवश मनाउन दिनु र एक दिने विदा दिनु सरकारले किन कन्जुस्याइँ गरेको हो यो त नेपाली जनताको माग हो । आजको आवश्यकता पनि छ किन यो आवश्यकता लाई सरकारले कुल्चिएको होला आम जनामानसको प्रश्न हो ।

यी माथी उल्लेखनीय महान भनाई गल्ती थिए कि देशको हित विपरीत थिए यसको जवाफ दिने को ? के आजका राजनेता भनाउंदाहरु यश खालको व्यवहार देखाउन सक्ने खालका आज । यसप्रति कसको ध्यान गएको छ ? हामी होइन म भन्ने भावनाबाट ओतप्रोत भएको नक्कली रास्ट्र्वादले किन आम जनातहरुलाई झुक्याउने काम गरेको छ ? यतिआत्र होइन आम नागरिकले आज मेलमिलाप दिवस भनेर पृथ्वीनारायण शाहको तस्बिर सामाजिक सन्जालमा राखेको प्रमाण देखेन सरकार ।